रौतहट । रौतहटको नुनथरस्थित नहरमा बोलबम कांवरिया चढेको गाडी खस्दा एकजना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । भने एक महिला वेपत्ता भएकी छिन् । बाराबाट नुनथर उतरहिनी बागमती नदीमा जल लिन आएको ना ५ च ३१६६ नम्बरको बलेरो गाडी चन्द्रपुर-१ स्थित बागमती सिंचाईको नहरमा बिहान ४ बजे खसेको प्रहरीले जनाएको छ । गाडी नहरमा खस्दा बारा गढीमाई नगरपालिका बस्ने ४५ वर्षीया मिनादेबी कोईरीको घटनास्थालमै मृत्यु भएको र अर्की महिला बोधवन नगरपालिका बस्ने ६५ वर्षीया सोनरी देवी मुखिया बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताएका छन् । बलेरोमा सवार घाइते अन्य कांवरियाहरुको सर्लाही कर्मैयामास्थित अस्पतालमा उपचार भइरहेको छ । नहरको पानीमा खसेको गाडी निकाल्ने प्रयास भैरहेको तथा बेपत्ताको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रत्येक वर्ष साउन र भदौ महिनामा रौतहट ,बारा, सर्लाहीका हजारौं भक्तजनले नुन्थर घाट बागमती उतरहिनीबाट जल लिएर विभिन्न शिवालयहरुमा चढाउने गर्दछन् । रातोपाटी ।
बोलबम कांवरिया चढेको गाडी नहरमा खस्दा एक महिलाको मृत्यु
127
previous post