Home समाचार बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’

बालुवाटारमा कार्यदलले बुझायो तीनवटा ‘डकुमेन्ट’

by ईलालटिन
0 comment

काठमाडौं । सत्तारुढ गठबन्धनको सात सदस्यीय कार्यदलले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा तीनवटा दस्तावेज बुझाएको छ । कार्यदलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगायतका शीर्ष नेताहरुलाई सरकार सञ्चालनसम्बन्धी कार्यविधि, न्यूनतम साझा कार्यक्रम र मन्त्रीहरुको आचार संहिताको मस्यौदा बुझाएको हो ।कार्यदलका अध्यक्ष पूर्णबहादुर खड्का नेतृत्वको टोलीले शुक्रबार बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रम, सरकार सञ्चालनसम्बन्धी कार्यविधि र मन्त्रीहरुको आचार संहिता बुझाएको हो । यी दस्तावेजहरूलाई अन्तिम रुप दिई शीर्ष नेताहरुले हस्ताक्षर गरेर सार्वजनिक गरिने बताइएको छ  सरकारको साझा न्यूनत्तम कार्यक्रम बनेसँगै अब मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन् ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com