Home समाचार भारतमा २९ दिनपछिकै सबैभन्दा धेरै ४५ हजार नयाँ सङ्क्रमित फेला

भारतमा २९ दिनपछिकै सबैभन्दा धेरै ४५ हजार नयाँ सङ्क्रमित फेला

by ईलालटिन
0 comment

भारत  ।  भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । पछिल्लो ५ दिनमध्ये ४ दिन ४० हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । बिहीबार पनि ४५ हजार १ जना सङ्क्रमित फेला परे । यो आँकडा ७ जुलाईपछि सबैभन्दा बढी हो । त्यतिबेला ४५ हजार ७०१ जना सङ्क्रमित फेला परेका थिए । बिहीबार ४० हजार ८९७ सङ्क्रमित निको भएका छन् भने ४६५ जनाको मृत्यु भएको छ ।  बिहीबार सबैभन्दा धेरै केरलमा २२ हजार ४० सङ्क्रमित फेला परेका छन् । महाराष्ट्रमा सबैभन्दा बढी १२० जनाले ज्यान गुमाए । महाराष्ट्रमा पनि ९ हजार बढी सङ्क्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशमा कूल ४९ करोड डोज खोप लगाइसकिएको छ । बिहीबार थप ५०.२९ लाख डोज खोप लगाइयो ।  भारतमा हालसम्म ३.१८ करोड सङ्क्रमित बनिसकेका छन् भने ३.१० करोड निको भएका छन् । ४.२६ लाखले ज्यान गुमाइसकेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com