Home समाचार सरकारमा सहभागी हुन केही दिन लाग्छः जसपा

सरकारमा सहभागी हुन केही दिन लाग्छः जसपा

by ईलालटिन
0 comment

काठमाडौं ।   सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ। पार्टीको बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति वनमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल सुरू गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए। सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन्। तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ,’ खतिवडाले भने।बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ। त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत माक्र्सवादी समूहको अमृत पुरी समूह र लिम्वुवान राष्ट्रिय मंचका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए।जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रिय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक भोलि बिहीबार ११ बजे पुनः तुलसीलाल स्मृति भवनमा बोलाइएको छ। बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com