Home विशेष क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु हुने

क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु हुने

by ईलालटिन
0 comment

काठमाडौं । सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।

मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘अहिले हेलिकप्टर चढेर वा आठ किलोमिटर हिँडेर मात्रै आयोजनामा पुग्न सक्ने अवस्था छ । मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रको काम गर्नको लागि सुरुआती चरणमा आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल तयार पार्नुपर्ने अवस्था छ।’ नागरिक दैनिक ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com