Home कला चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

चलचित्र क्षेत्रलाई चलायमान बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

by ईलालटिन
0 comment

काठमाडौं। कोरोनाका कारण ठप्प चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग पुर्‍याउन कलाकारहरुले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् ।

नेपाल सांस्कृतिक संघद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा संघका प्रतिनिधिहरुले कोभिड १९ का कारण प्रभावित कला क्षेत्र र कलाकारहरुका निम्ति विशेष राहत कार्यक्रम ल्याउन आग्रह गरेका हुन । लामो समयको निषेधाज्ञाका कारण चलचित्र क्षेत्र धराशायी बनेको, सिनेमा हल लामो समयदेखि बन्द भएको, कलाकारहरु कामविहीन बनेको वर्तमान अवस्थामा चलचित्र क्षेत्रलाई पुरानो अवस्थामा फर्काउन सरकारले सहयोग गरिदिनुपर्ने कलाकारहरुको माग छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले देशका गहनाका रुपमा रहेका कलाकारका लागि सरकारले चाँडै खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । कोरोना प्रभावित चलचित्र क्षेत्रका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा संघका अध्यक्ष तीर्थ थापा लगायत विभिन्न कलाकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com