Home विशेष गुप्तेश्वरमा भदौदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन

गुप्तेश्वरमा भदौदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन

by ईलालटिन
0 comment

पर्वत । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भदौदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन हुने भएको छ । क्याम्पसले हालै स्नातकोत्तर तहको पठनपाठन गर्ने अनुमति पाएपछि यही भदौ १६ गते देखि स्नातकोत्तर तहको पढाई सुरु हुने भएको हो ।

क्याम्पसले पत्रकार सम्मेलन गर्दै समग्र आर्थिक तथा भौतिक अवस्था, भावी कार्यक्रम, स्नातकोत्तर कक्षालाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी दिएको छ । क्याम्पस सञ्चालन समितिका अध्यक्ष बसन्तकुमार कमाचार्यले जिल्लाको गरिमा बढ्ने गरी क्याम्पसले स्नातकोत्तर कक्षा सञ्चालन गर्न थालेको बताए । उनले समयको आवश्यकता र जिल्लावासीहरूको माग अनुसार स्नातकोत्तर तहको पठनपाठन सुरु गर्न लागेकोमा सबैले गर्व गर्ने स्थिति बनेको बताए ।

अहिले गुप्तेश्वर बहुमुखी क्याम्पस प्रति सबै सरोकारवालाहरूको सकारात्मक तवरले ध्यान केन्द्रित भएको बताउँदै अध्यक्ष कमाचार्यले सबैको सहयोगले नै चुनौतीको नजरले हेरिएको स्नातकोत्तर तहको पढाई सञ्चालन हुन थालेको बताए । कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै क्याम्पस प्रमुख सुवास पन्तले अहिले एमविएसमा पठनपाठन सुरु गरिएको र निकट भविष्यमा अरू सङ्कायमा पनि कक्षा चलाउने प्रतिबद्धता जनाए ।

क्याम्पसले गुणस्तरीय पठनपाठन र गुणस्तरीय नतिजा ल्याउने गरी कक्षा सञ्चालन गर्ने प्रमुख पन्तले दाबी गरे । पन्तले सेमेस्टर प्रणालीमा पढाई हुने र कार्यगत मान्छेहरूलाई समेत लक्षित गरी कक्षा चलाइएकोले साँझको समयमा कक्षा सञ्चालनको तयारी भइरहेको बताए । सदरमुकामका विभिन्न वित्तीय संस्थामा काम गर्दै आएका कर्मचारीहरूले स्नातक गरेर जागिरमा लागेपछि स्नातकोत्तर पढ्न जान समय नपाएकाले त्यस्ता व्यक्तिलाई समेत एमबीएसको लक्ष्यमा राखिएको जानकारी गराइएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com