Home राजनीति पूर्वराष्ट्रपति डा. यादवका छोरा क्रियाशील सदस्यतामा ‘धाँधली’ भएको भन्दै अनशनमा

पूर्वराष्ट्रपति डा. यादवका छोरा क्रियाशील सदस्यतामा ‘धाँधली’ भएको भन्दै अनशनमा

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै आमरण अनशन चलिरहेको छ । नेपाली कांग्रेस धनुषाका नेता तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादव तथा धनुषाकै रामपल्टन साह र दिनेश नायक सदस्यता वितरणमा अनयिमिता भएको र पार्टी सिध्याएर व्यक्ति सुरक्षित हुन खोजेको भन्दै तीन दिनदेखि आमरण अनसनमा छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालले अनशनकारीहरुलाई भेटेर सत्य र न्यायको पक्षमा आफू सधैँ उभिने भन्दै आन्दोलनका पक्षमा ऐक्यबद्धता जनाएका छन् ।“पार्टीको विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” डा. शेखरले भने, “क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धकोे लडाइँमा आफू सधैँ कार्यकर्ताहरुसँगै रहनेछु ।” उनले सत्यका पक्षमा र कांग्रेस रक्षाका लागि हुने आन्दोलनको लडाइँमा अन्तिमसम्म साथ रहने प्रतिबद्धता पनि जनाए ।

डा. शेखरले कांग्रेसका सच्चा र इमानदार कार्यकर्तामाथि अन्याय भइरहेको भन्दै त्यस्तो अन्याय आफूले अब नसहने बताए । “पार्टीको कुनै पनि तहमा बसेर काम गर्ने साथीहरुमाथिका अन्याय म सहेर बस्दिनँ,” डा. शेखरले भने ।उनले धनुषाका सत्याग्रहीपछि बारासहितका जिल्लाबाट पार्टी कार्यालयमा आएर धर्ना बसेकाहरुलाई पनि आफु्नो ऐक्यबद्धता जाहेर गरेका थिए ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com