सप्तरी । सप्तरीमा सबैभन्दा पुरानो नहर भत्किदा ५ सयभन्दा बढी घर डुबानमा परेको छ भने जनजीवन समेत प्रभावित भएको छ । लगातारको वर्षापछि आएको बाढीले सप्तकोशी नगरपालिका–४ स्थित चन्द्र नहर भत्काएको हो । अमहा, टेंग्रा लगायत खोलाको बाढीले दुई ठाउँमा नहर भत्काएको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम गौतमले जनाए । दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको उनले बताए । उनले भने, ‘लगातारको वर्षाका कारण जंगली क्षेत्रबाट अमहा, टेंग्रा लगायत नदीको बाढी ओभरफ्लो भई नहर कटान गरेको हो । नहर कटानपछि आएको बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमले सप्तकोशी नगरपालिकाको वडा नम्बर १, २, ४ र ११ का घरहरु डुबानमा परेको बताए । यस्तै जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ स्थित मंसापुर र वडा नम्बर ५ स्थित बरसाइनका केही घर डुबेको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबानमा परेको बताए । तिलाठी–कोइलाडी वडा नम्बर ८ स्थित तोपा बस्तीका २५ घरसमेत डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण नदीहरूमा जलस्तर बढ्दै गएको छ । सप्तकोशी, त्रियुगा र बलान नदीमा पानीको सतह अझै बढ्ने पूर्वानुमान रहेको भन्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । सीमावर्ती क्षेत्र अवस्थित सप्तकोशी, त्रियुगा र जिता, बलान नदीमा आउने बाढीको पानी भारतीय बाँधका कारण निकास नहुँदा गोबरगढा, हनुमाननगर, भारदह, फतेपुर, रम्पुरा, मल्हनिया, डलवा, तिलाठी, कोईलाडी, लालापटी, सकरपुरा लगायतका क्षेत्र डुबानमा पर्दै आएको छ । रातोपाटी ।
सप्तरीमा नहर भत्किँदा पाँच सयभन्दा बढी घर डुबानमा
91
previous post