Home समाचार कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु

by ईलालटिन
0 comment

अर्घाखाँची ।  ओखलढुंगा जिल्लामा एक कोरोना संक्रमित महिलाको बाटोमै मृत्यु भएको छ । सोमबार जिल्लाको सिद्धिचरण नगरपालिका ५ बर्णालुका ५० वर्षीया एक कोरोना संक्रमित महिलालाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । हिजो नै गरिएको एन्टिजेन परिक्षणका क्रममा ति महिलामा कोरोना  संक्रमण पोजेटिभ देखिएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएका महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागी जिल्ला ल्याउँदै गर्दै वर्णालुकै सिस्नेखोलामा आएपछि उनको मृत्यु भएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले समाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । मृतक महिला दीर्घरोगी भएकाले कोरोनाकै कारण मृत्यु भएको हुनसक्ने जिल्ला स्वासथ्य प्रमुख समुन तिवारीले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com