Home बुलेट न्युज बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

बागलुङमा विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको हो ।

मदिरा पिएर गम्भीर बिरामी परेका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको धौलागिरि अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले सोमबार स्थानीय मदिरा पसलमा ‘लोकल’ मदिरा सेवन गरेका थिए । मदिरा पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com