काठमाडौं । एमालेले पार्टी निर्देशनविपरित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा उनीहरुले पार्टी अनुशासन उलंघन गरेको भन्दै कारबाही गर्ने प्रस्ताव पेश भएको हो । एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार बैठकमा २२ सांसदलाई तत्काल कारबाही गर्नुपर्छ भन्दै अध्यक्ष ओली पक्षीय नेताहरुले होहल्ला गरेका थिए । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोध्ने प्रावधान पनि रहेकाले सोही बाटो अवलम्बन गर्ने धारणा राखेका थिए । प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले उनको पक्षमा मतदान गरेका थिए । रातोपाटी ।
161
previous post