Home समाचार जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

जन्मकैद सजाय तोकिएको साढे ३ दशकपछि पक्राउ

by ईलालटिन
0 comment

धनुषा । अदालतबाट जन्मकैद सजाय पाएका एक अभियुक्त साढे ३ दशकपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका सबैला नगरपालिका ४ का अन्दाजी ६० वर्षीय बिकरु यादवलाई ३५ वर्षपछि प्रदेश प्रहरीले पक्राउ गरेको हो ।उनीमाथि २०३८ सालमा आफ्नै गाउँका सुकना यादवको हत्याको आरोपमा सजाय तोकिएको थियो । बुधवार २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको टोलीले विकरुलाई खेतमा काम गरिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको थिए छ । धनुषा प्रहरीले उनलाई अदालतमा बुझाएपछि झुम्का कारागार पठाइने तयारीमा रहेको प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । अहिले विकरु यादव ७० वर्षका भएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com