Home समाचार चीनले बिस्फोट भनिरहेको छ त पाकिस्तानले दुर्घटना, आफ्ना ९ नागरिक मारिएपछि हैरान चीन

चीनले बिस्फोट भनिरहेको छ त पाकिस्तानले दुर्घटना, आफ्ना ९ नागरिक मारिएपछि हैरान चीन

by ईलालटिन
0 comments

काठमाडौं ।  पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा एक ‘बस दुर्घटना’ मा कम्तीमा १३ जनाको मृत्यु भएको छ जसमध्ये ९ चिनियाँ नागरिक छन् । उनीहरु डासू बाँध परियोजनामाथि काम गरिरहेका थिए । चीनले यो दुर्घटनालाई बम बिस्फोट बताएका छन् जबकी पाकिस्तानले यसलाई ग्यास लिकेजका कारण भएको बिस्फोट बताएको छ । यो बिस्फोट अपर कोहिस्तान जिल्लामा भएको हो । डासूका असिस्टेन्ट कमिश्नर आसिम अब्बासले बीबीसीसँगको कुराकानीमा दुर्घटनामा मारिएकामध्ये ९ जना चिनियाँ इन्जिनियर भएको र पाकिस्तानको फ्रन्टियर कोरका दुई जवान र दुई सर्वसाधारण मारिएको जानकारी दिए । उक्त दुर्घटनामा २७ जना घाइते पनि भएका छन् । यीमध्ये धेरैजसो चिनियाँ नागरिक छन् । आसिम अब्बासका अनुसार ९ घाइतेको स्थिति गम्भीर छ । मिडियामा प्रकाशित रिपोर्टका अनुसार बिस्फोटपछि बस गहिरो खाल्डोमा खसेको थियो । पाकिस्तानमा चीनको दूतावासले एक बयानमा बम बिस्फोटमा ९ चिनियाँ नागरिक मारिएको पुष्टि गरेको छ । दूतावासको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दूतावासले तुरुन्त आपतकालीन योजना सुरु गरेको छ । पाकिस्तानकी सेना, विदेश मन्त्रालय र गृह मन्त्रालयसँग सम्पर्क गरियो र उद्धारकार्य सुरु गर्न र उपचार प्रदान गराउन आग्रह गरियो । चीनका नागरिक र संस्थानको सुरक्षा बलियो गराउन पनि भनियो । पाकिस्तानको सेनाले घटनास्थलमा हेलिकोप्टर पठाएर घाइतेलाई अस्पताल पुर्याइएको छ ।

यस्तै, चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले खैबर पख्तूनख्वामा भएको यो ‘बम बिस्फोट’ को आलोचना गरेको छ । उनले समाचार एजेन्सी रोयटर्सएको एउटा प्रश्नको जवाफमा भने, ‘चीन पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तमा भएको बम बिस्फोटले विक्षिप्त भएको छ र यसको निन्दा गर्दछ । पाकिस्तानी सैन्य बmले स्थिति नियन्त्रण गर्नका लागि कदम उठाएका छन् । उनले भने, ‘चीनले पाकिस्तानलाई यसको गम्भीरताका साथ अनुसन्धान गर्न भनेको छ । यसमा संलग्न मानिसहरुलाई पक्राउ गर्न र उनीहरुलाई चाँडोभन्दा चाँडो कठोर सजाय दिन र पाकिस्तानमा चीनका नागरिक, संस्थान र परियोजनाको रक्षा गर्न पनि आग्रह गरेको छ । इस्लामाबादस्थित चिनियाँ दूतावासले भनेको छ, ‘हामी पाकिस्तानमा चिनियाँ नागरिकलाई सतर्क रहन आह्वान गरेको छ । स्थानीय सुरक्षा बलको सम्पर्कमा रहन र आफ्नो सुरक्षाको विषयमा कुनै पनि असावधानी नअपनाउन आग्रह गर्छौं । आवश्यक छैन भने बाहिर ननिस्कनुहोस् । कोहिस्तानका अधिकारीका अनुसार बुधबार बिहान कराकरम हाइवेमा डासू बाँध साइट नजिकै बस दुर्घटना भएको छ । कोहिस्तानका डेप्युटी कमिश्नर आरिफ खान यूसुफजईले बीबीसीसँगको कुराकानीमा सुरुवाती अनुसन्धानमा बस दुर्घटनाको शिकार भएको पत्ता लागेको छ र यसमा कुनै बम बिस्फोट वा आतंकवादी हमला नभएको पनि उनले स्पष्ट पारे । उनले विस्तृत अनुसन्धानपछि मात्रै घटनाबारे पूरा जानकारी दिन सकिने बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com