Home समाचार खोलाले बगाएर बेपत्ता एक जना मृत फेला

खोलाले बगाएर बेपत्ता एक जना मृत फेला

by ईलालटिन
0 comment

तनहुँ ।  खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो । बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण वारको पार भएको खोला तर्ने क्रममा बगाएर बेपत्ता बनाएपछि खोजतलास गरिए पनि भेट्टाउन सकिएको थिएन । आज बिहानदेखि नै नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी गर्दै जाँदा बगाएको स्थानबाट करिब एक किलोमिटर दूरीमा शव फेला परेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com