Home समाचार भारतमा ५६ दिनपछि निको हुनेभन्दा नयाँ संक्रमितको संख्या बढी, सक्रिय संक्रमितमा पनि वृद्धि

भारतमा ५६ दिनपछि निको हुनेभन्दा नयाँ संक्रमितको संख्या बढी, सक्रिय संक्रमितमा पनि वृद्धि

by ईलालटिन
0 comments

काठमाडौं । भारतमा बुधबार ४५,७२४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यतिबेला ४४,५०६ जना निको भए र ८१९ जनाको संक्रमणका कारण निधन भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि ३५९ को वृद्धि दर्ता गरिएको छ । भारतमा ५६ दिनपछि निको हुने संक्रमितभन्दा नयाँ संक्रमित बढी देखिएको हो । ५६ दिनपछि नै सक्रिय संक्रमितमा पनि वृद्धि देखियो । यसअघि १२ मे मा ३.६२ लाख नयाँ संक्रमित भेटिएका थिए र ३.५२ लाख बिरामी निको भएका थिए । यस्तै त्यसै दिन, सक्रिय संक्रमितमा पनि ६,३९९ को वृद्धि भएको छ । त्यस दिनदेखि सक्रिय संक्रमितमा लगातार गिरावट भइरहेको थियो । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com