काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको बैठकमा मोबाइल फोन नचलाउन सचेत गराएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा उनले सांसदहरुलाई मोबाइल फोन नचलाउन र वक्ता सांसद बोलिरहेको बेला ओहोरदोहोर नगर्न पनि सचेत गराएका छन् । बैठकमा अध्यक्ष तिमिल्सिनाले भने– ‘माननीय सदस्यहरु कतिपय वक्ता माननीयज्यूहरुको अगाडिबाट ओहोरदोहोर भएको र बैठक कक्षमा मोबाइल फोनको समेत प्रयोग भएको सन्दर्भमा माननीय सदस्यहरुलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २० र २१ मा रहेका नियमहरूको स्मरण गराउन चाहन्छु । राष्ट्रियसभाको बैठक चलिरहँदा कतिपय सांसदले बैठकमा भन्दापनि मोबाइलमा ध्यान दिने गरेका छन् । कतिपय सांसदले सभामा मोबाइल फोनबाट सेल्फी फोटो समेत खिच्ने गरेका छन् । राताेपाटी ।
राष्ट्रियसभामा सांसदहरुले मोबाइल धेरै चलाएपछि…
67
previous post