Home समाचार उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

उपकुलपति डा गिरीसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

by ईलालटिन
0 comment

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छन् ।आन्दोलनरत संयुक्त संघर्ष समितिले आज उपकुलपति डा ज्ञानेन्द्र गिरी रेक्टर डा गुरुप्रसाद खनाल,रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पतालका निर्देशक डा गौरीशंकर साहको कार्यकक्षमा ताला लगाएका हुन् । संयुक्त संघर्ष समितिका सहसंयोजक डा विष्णु पोखरेलले प्राज्ञिक थलोमा बार्ताका लागि आउँदा उपकुलपति डा ज्ञानेन्द्र गिरी नाघेर आएकाले अब प्रतिष्ठानका पदाधिकारीसँग बार्ताका औचित्य समाप्त भएको बताए । उनले प्रतिष्ठानमा जारी आन्दोलनको समस्या हलका लागि सरकारले बनाउने वार्ता टोलीसँग मात्र अब आफूहरु वार्तामा बस्ने बताए । सरकारले बनाउने वार्ता टोलीसँगको बार्ताका लागि प्रतिष्ठानका चार पदाधिकारीको राजीनामा दिनुपर्ने पहिलो शर्त रहने संयुक्त संघर्ष समितिका सहसंयोजक पोखरेलले  बताए ।  प्रतिष्ठानमा अनियमितता भएको भन्दै फ्याकल्टी, विद्यार्थी, नर्स तथा चिकित्सकहरु गएको असार १ गतेबाट आन्दोलनमा छन् ।आन्दोलनरकारीहरुले दुई दिनयता रिले अनसन गरिरहेका छन् । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com