Home समाचार सभामुखले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

सभामुखले सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

by ईलालटिन
0 comment

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज विभिन्न मिडियाका सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन् । पछिल्लो राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्न सभामुख सापकोटाले पत्रकारहरुसँग अन्तरक्रिया गर्न लागेका हुन् । सभामुख सापकोटा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विपक्षमा उभिदै आएका छन् । त्यसैगरी, अध्यादेशमार्फत गरिएका संवैधानिक नियुक्तिहरुको पनि सभामुख सापकोटाले विरोध गर्दै आएका छन् । दोस्रोपटक संसद विघटन भएपछि सापकोटाले ‘असाधारण निर्णय लिन सक्ने’ बताएका थिए । सभामुखको सचिवालयका अनुसार आज (मंगलबार) दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा सभामुख सापकोटाले सम्पादकहरूसँग अन्तरक्रियाको कार्यक्रम राखेका छन् । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com