Home समाचार शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

शिक्षामन्त्री श्रेष्ठलाई पदमुक्त गर्न दलित अगुवाहरुको माग

by ईलालटिन
0 comment

मोरङ ।  प्रदेश १ का दलित अगुवाहरुले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका छन् । राष्ट्रियसभाका पूर्वसांसद खेम नेपालीको नेतृत्वमा दलितहरुले जातीय विभेदको पक्षपोषण गर्ने  मन्त्री श्रेष्ठलाई पदमुक्त गर्न माग गरेका हुन् । पूर्वसांसद  नेपालीसहितका दलित अगुवाहरुले आइतबार जिल्ला प्रशासन मोरङमार्फत मन्त्रीलाई पदबाट हटाउन माग गर्दै  प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र पठाएका छन्। जातकै कारण कोठा भाडामा नदिएको अरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती श्रेष्ठलाई कानूनी कार्वाहीबाट जोगाउन आफै प्रहरी कार्यालयमा आएर छुटाएर लाने शिक्षा मन्त्री श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनीहरुले  ज्ञापनपत्रमार्फत माग गरेका छन् ।जातीय विभेदलाई संरक्षण गर्ने मन्त्रीलाई पदबाट नहटाएमा कडा संघर्ष गर्ने उनीहरुले चेतावनी दिएका छन् । सञ्चारकर्मी रुपा सुनारलाई जातकै कारणले कोठा भाडा नदिने घरबेटी पक्राउ परेपछि पदको दुरुपयोग गरि प्रहरी हिरासतबाट छुटाएर जातीय विभेदलाई संरक्षण गरेको भन्दै दलित अगुवाहरुले आपत्ति जनाउँदै आएका छन् । दलितहरुले डिबी शाह शंकरको नेतृत्वमा संयुक्त संघर्ष समिति निर्माण गरेर संघर्षसमेत थालेका छन् । समितिमा प्रदेशभरिका २ सयजना दलित अगुवाहरु सदस्य छन् । सरकारवादी रहेको जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपीलाई जमानतमा छोडाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री श्रेष्ठकै प्रत्यक्ष संलग्नता रहेको प्रदेश १ का दलितहरुको ठहर छ। सुनारले जातकै कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले घरधनी सरस्वती श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, असार ९ गते मन्त्री श्रेष्ठले आफैं प्रहरी कार्यालय पुगेर उनलाई छुटाएर आफ्नै गाडीमा घरसम्म लगेका थिए । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com