काठमाडौं । विवेकशील साझा युवा सङ्गठनले जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएको बताएको छ । विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु दुःखद भएको उल्लेख गरेको छ । राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ । ‘प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति हामी घोर निन्दा गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनी दायरामा ल्याउन माग
137
previous post