Home विशेष कोरोना जितेपछि अस्पताललाई ५० हजार सहयोग

कोरोना जितेपछि अस्पताललाई ५० हजार सहयोग

by ईलालटिन
0 comment

पर्वत । कोरोना संक्रमित आफन्तलाई दिइएको सेवाबाट प्रभावित भएका संक्रमितको परिवारले पर्वत अस्पताललाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित कोलपाटा घर भई हाल कुस्मा बजार बस्दै आएका सावित्री र उनका श्रीमान् विष्णुप्रसाद श्रेष्ठले अस्पताललाई सहयोग गरेका हुन्। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार उनीहरूको परिवारका एक सदस्यलाई कोरोना संक्रमण भएपछि पर्वत अस्पतालमा उपचार गरिएको थियो।

केही दिनको उपचारपछि आफन्तको रिपोर्ट नेगेटिभ आएको र अस्पतालमा रहँदा त्यहाँको व्यवस्थापकीय पक्ष र स्वास्थ्यकर्मीहरुले गरेको उचित ध्यानका कारण आफूलाई अस्पतालमा आर्थिक सहयोग गर्न मन लागेको सहयोगदाता सावित्रीले बताइन्।

‘अस्पतालले ध्यान दिएर उपचार गरेका कारण मेरो आफन्तले समयमा नै कोरोनालाई जित्नुभयो। यदि त्यो उपचार यहाँ नभएको भए कति धेरै पैसा खर्च गरेर पोखरा वा काठमाडौं लैजानुपर्ने थियो,’ उनले भनिन्, ‘समयमा राम्रोसँग हाम्रो आफन्तलाई निको भयो, पैसा पनि खर्च भएन। यही कारण हामीले आर्थिक समस्यामा परेका कोरोना संक्रमितको उपचारमा सघाउ पुगोस् भनेर अस्पताललाई सहयोग गरेका हौँ।’

अध्यक्ष पहाडीले श्रेष्ठ परिवारबाट प्राप्त भएको सहयोग रकम कोरोना संक्रमितहरुको उपचार कक्ष व्यवस्थापन तथा गरिब र असाहय बिरामीहरूलाई आवश्यक पर्ने सामान आपूर्तिको व्यवस्था मिलाउन खर्च गरिने बताए।

यसअघि कुस्मा बजारकै जमुना श्रेष्ठको परिवारले पनि संक्रमितको उपचारमा खुसी भएको बताउँदै अस्पताललाई २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका थिए। यसरी संक्रमणलाई जितेपछि उनीहरूको परिवारको तर्फबाट अस्पतालका लागि ७५ हजार रुपैयाँ सहयोग भएको छ। यसबाहेक अस्पतालको आइसोलेसन व्यवस्थापनको लागि भनेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट दुई लाख भन्दा बढी नगद सहयोग अस्पताललाई भएको छ। थाहा खबर ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com