बिहीबार बसेको सर्वदलीय बैठकको निर्णय अनुसार छिमेकी वडाहरूबाट यस वडामा प्रवेश गर्ने सीमा नाकाहरू पूर्ण रूपमा बन्द गर्ने भनिएको छ । वडाको प्रकाशित सूचनामा, ‘बैठक, भेला आयोजना गर्न नपाउनुका साथै सरकारको मापदण्ड विपरीत विवाह व्रतबन्ध तथा धार्मिक कार्यहरू गर्न पाउने छैनन् ।’
पाहुना जाने आउने कार्य पूर्ण रूपमा बन्देज गरिएको वडा अध्यक्ष भीम प्रसाद गुरुङले बताए । ‘लुकिछिपी कोही व्यक्ति आएमा वडालाई जानकारी गरी पूर्ण रूपमा १० दिन होम क्वारेनटाइन बस्नु पर्ने छ ।’ वडा अध्यक्ष गुरुङले भने ।
यस वडामा आजका दिनसम्म दोस्रो भेरियन्टका कोरोना सङ्क्रमितहरूको सङ्ख्या शून्य रहेको छ ।