Home विशेष अमेरिकामा रहेका बसेलद्धारा २५ हजार सहयोग

अमेरिकामा रहेका बसेलद्धारा २५ हजार सहयोग

by ईलालटिन
0 comment
पर्वत । अमेरिकामा रहेका युवा समाजसेवी पुनम बसेलले कुस्मा नगरपालिकाले सुरुवात गरेको ‘कुस्मा नगरपालिका प्रकोप व्यवस्थापन कोष’मा २५ हजार रुपैयाँ जम्मा गरिदिएका छन् । कुस्मा नगरपालिका वडा नम्बर ४ का बसेल केही वर्ष अघि रोजगारीको सिलसिलामा अमेरिका पुगेका हुन् ।

नेपालमा रहँदा विभिन्न सञ्चारमाध्यममा आबद्ध भई पत्रकारिता गरेका बसेल सामाजिक कामहरू गर्न असाध्यै रुचि राख्छन् । अमेरिकामा पनि विभिन्न समूह सँग जोडिएर अप्ठ्यारोमा रहेका नेपालीहरूको हकहितमा काम गरिरहेका छन् ।

हिजो आइतबार मात्रै कुस्मा नगरपालिकाले सूचना जारी गरी सहयोगका लागि आह्वान गरेको थियो । देश देखि विदेशमा रहेका पर्वतेली समुदायहरूले सहयोग गरिरहेका छन् । प्राप्त सहयोग रकम कोरोना सङ्क्रमित बिरामीहरूको उपचारमा खर्च गरिने नगरपालिकाले जानकारी दिएको छ ।

‘असहज परिस्थितिमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ बसेलले भने, ‘रकम ठुलो नभए पनि अरूलाई सहयोग गर्न प्रेरित गर्न सकिन्छ भन्ने लागेर सहयोग गरेको हुँ ।’ उनले यो समय जहाँबाट जसले जति सकिन्छ सहयोग गर्नु नै मानवीय धर्म भएको बताए । नेपालमा हुने आपतविपत्तमा बसेलले सहयोग गर्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com