Home समाचार साइकल र पैदलयात्री समाउन प्रहरीलाई भ्याई–नभ्याई

साइकल र पैदलयात्री समाउन प्रहरीलाई भ्याई–नभ्याई

by ईलालटिन
0 comment

बर्दिया । महामारीका बेला अक्सिजनको हाहाकार र कालोबजारी भइरहेको छ । अन्य औषधीजन्य सामग्रीमा पनि कालोबजारी भइरहेको छ । आइसोलेसन सेन्टरहरु बन्न सकिरहेका छैनन् । तर, यस्तो बेलामा सरकारको ध्यानचाहिँ सर्वसाधारणको हिँडडुल नियन्त्रणमा मात्रै केन्द्रित भएको छ । दिनहुँजसो मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको विवरण तयार पारेर केन्द्रमा पठाउने कार्यमा मातहतका सुरक्षाकर्मीहरु खटिएका छन् । तर, उनीहरुले यति आइसोलेसन सेन्टर बनाएर उदाहरणीय काम गरे भन्ने सकारात्मक खबरहरु आउने गरेका छैनन् । यसको  एउटा उदाहरण बर्दिया जिल्लामा प्रहरी कार्यालयलाई लिन सकिन्छ । मंगलबार बर्दिया प्रहरीले १६२ वटा साइकल समातेको छ । त्यसैगरी ६७ वटा मोडरसाइकल, ९ वटा गाडी र २२ वटा अटो रिक्सालाई समातेर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । त्यसैगरी मंगलबार एकैदिन ४१६ जना मानिसलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com