सर्लाही । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए । उनले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए । बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए ।
विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द
82