Home समाचार सीमा क्षेत्रमा अलपत्रलाई आफ्नै खर्चमा उद्धार, अत्यावश्यक अक्सिजनदेखि खानामा पनि सहयोग

सीमा क्षेत्रमा अलपत्रलाई आफ्नै खर्चमा उद्धार, अत्यावश्यक अक्सिजनदेखि खानामा पनि सहयोग

by ईलालटिन
0 comment

कैलाली । कञ्चनपुरका ४६ वर्षीय हेमराज ओझा लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन अग्रसर भएका छन् । भारतका विभिन्न स्थानबाट फर्किएका नेपालीहरु लकडाउनका कारण सीमा क्षेत्रमा अलपत्र भएपछि उनी आफ्नै खर्चमा त्यस्ता नागरिकलाई गन्तव्यसम्म लैजान अग्रसर भएका हुन् ।यातायातका साधन नपाएर सीमा क्षेत्रमा अलपत्र भएकालाई उनले आफ्नै खर्चमा नाकाबाट उद्धार गरी गन्तव्यसम्म पुर्‍याउने गरिरहेका छन् ।पछिल्लो समय सुदूरपश्चिमको गड्डा चौकी, त्रिनगर भन्सार नाकाबाट हजारौंको संख्यामा नेपालीहरु भित्रिने गरेका छन् । तर लकडाउनका कारण उनीहरु सीमा क्षेत्रमै अलपत्र पर्न थालेपछि ओझाले आफ्नै खर्चमा उनीहरुलाई गन्तव्यसम्म लैजान पहल गर्दै आएका छन् ।भारतबाट फर्किएर आएका नेपालीलाई सरल र सुलभ तरिकाले गन्तव्यसम्म लैजान आफूले पहल गरिरहेको सुनाउँदै उनले पीडामा परेका नागरिकलाई यसले थोरै भए पनि राहत पुगेको बताए ।‘मैले आफ्नै खर्चमा उहाँहरुलाई गन्तव्यसम्म पुर्‍याउने गरेको छु,’ उनले रातोपाटीसँग भने, ‘मेरो सानो सहयोगले उहाँहरु कम से कम आफ्नो घरसम्म सुरक्षित रुपमा पुग्न पाउनु भएको छ ।’नाकाबाट आउने हजारौं व्यक्तिलाई गन्तव्यसम्म पुर्‍याएका ओझाले कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान छुट्टै गाडीको व्यवस्था गरेका छन् । बढीजसो कञ्चनपुरको कृष्ष्णपुर नगरपालिका क्षेत्र र आसपासका व्यक्तिहरुका लागि आफूले सहयोग गर्दै आएको उनको भनाइ छ ।

कञ्चनपुर जिल्लामा कोरोना संक्रमण दर निकै उच्च रहेको र अक्सिजनको अभावमा बिरामीको अकालमै मृत्यु भईरहेको उल्लेख गर्दै उनले आफ्नो तर्फबाट हुन सक्ने सहयोग उपलब्ध गराउन सबैलाई आग्रह गरे ।उनले अक्सिजन आवश्यक भएका व्यक्तिका लागि १९ वटा अक्सिजन सिलिन्डर आफ्नै खर्चमा उपलब्ध गराइसकेका छन् । उनी भन्छन्, ‘सहयोगी हातहरु अघि बढे संक्रमणका कारण मानिसको अकालमै ज्यान जाने थिएन ।’कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ निवासी ओझा नेपाली काँग्रेसका महासमिति सदस्यसमेत हुन् । सरकारको मुख ताक्नुभन्दा आफ्नो सामर्थ्यले भ्याएसम्म सहयोग गरेर मानवता प्रदर्शन गर्नु यतिबेला सबैको कर्तव्य भएको बताउँछन् ।कृष्णपुर नगरपालिका क्षेत्रभित्रका प्रहरी बिटमा कार्यरत प्रहरीलाई सेनिटाइजर, मास्क, फेस सिल्ड लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरेका ओझाले अस्पतालमा रहेका संक्रमित बिरामीका लागि घरबाट खाना पकाएर लैजाने र खुवाउने गरेको सुनाए ।सबैले आफ्नो क्षेत्रमा सकेको सहयोग उपलब्ध गराउने हो भने कयौंको ज्यान जोगाउन सकिने उनको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com