Home समाचार सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

by ईलालटिन
0 comment

कैलाली ।  सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।  सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो । यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४९, कञ्चनपुरमा २० र अन्य जिल्ला ३९ जना मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप २०१ जनामा कोरोना संक्रमण पुस्टि भएपछि सकृय संक्रमितको संख्या १६ हजार ६९० पुगेको छ ।

कैलालीका १ हजार २४६,कन्चनपुरका ३८१ , अछामका ३९, बैतडीका १९७, बझाङ्गमा ४४, बाजुराका २, डडेल्धुराका १३८, डोटीका  १८३ र अन्य जिल्लाका ९ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको  हो । यो संगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि २ हजार ३९२ पुगेको छ । सेती प्रादेशिक अस्पतालबाट ६ सय ४९ टिकापुर ३ सय ४८,डडेल्धुरा ३ सय १७, दार्चुला १२, बैतडी ३८, बझाङ्ग ३१, जिल्ला अस्पताल अछामबाट १००,डोटी,१४८, बाजुरा २१, बयलपाटा अस्पतालबाट ७३, गोकुलेश्वर अस्पतालबाट १५ रहेको कार्कीले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com