रुपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपालको सल्लाहमा नै राजीनामा दिएको सो पार्टीबाट मन्त्री बनेकाहरूले दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएपछि जसपा नेपालका चारजना सांसद प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले सरकारको समर्थन गर्दै मन्त्रिमण्डलमा सहभागी भएका थिए । चारजनाले समर्थन गरेपछि मुख्यमन्त्री पोखरेल आफ्नो सरकार सुरक्षित हुनेमा ढुक्क थिए । तर, बिहीवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदलाई कारवाही गरेपछि मुख्यमन्त्री पोखरेल राजीनामा दिने निर्णयमा पुगेको उनीहरुको भनाइ छ ।
जसपाका नयाँ मन्त्री भन्छन्, ‘हाम्रै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो’
94
राजीनामा दिने मनस्थितिमा पुगेपछि मुख्यमन्त्री पोखरेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षसँग छलफल गरेको कारवाहीमा परेका प्रदेशसभा सदस्य सन्तोष पाण्डले बताए । उनले भने, ‘मुख्यमन्त्रीज्युले हामीसँग सल्लाह गरेर नै राजीनामा दिनुभएको हो ।’ जसपा नेपालका केही नेता (उपेन्द्र यादव पक्ष) हरुले पार्टीमा मनमोजी गरेको कारणले आफूहरुले नै सल्लाह दिएर राजीनामा दिन लगाएको र अर्को सरकार बनाउन आग्रह गरेको उनले बताए ।यद्यपि, प्रदेशसभा सदस्य विमला वली माओवादीमा प्रवेश गर्ने भएपछि लुम्बिनीको अंक गणितमा फेरबदल भएको छ । रातोपाटी ।
previous post