Home समाचार चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने

चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने

by ईलालटिन
0 comment

काठमाडौं  । चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्न लागेको हो । नगरप्रमुख घनश्याम गिरीको संयोजकत्वमा बुधबार बसेको नगरस्तरीय सुरक्षा समितिको बैठकले काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको वैशाख १३ र १४ गते निर्णयलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । यस्तै सम्पूर्ण नगरवासीलाई मास्क, सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गर्न, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, घर वा चोकमा अनावश्यकरूपमा भीडभाड नगर्न, जुवातास नखेल्न तथा मदिरा सेवन नगर्न आग्रहसमेत गरेको छ । चन्द्रागिरिले बिहान बेलुका सञ्चालन हुने पसलमा जाने सेवाग्राहीले साबुन पानीले वा सेनिटाइजरले हात धुने व्यवस्था गर्ने, बिक्रेता तथा सेवाग्राहीले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने व्यवस्थासमेत मिलाइनुपर्ने बताएको छ । निषेधाज्ञाको समयमा चन्द्रागिरिका वडा कार्यालय भने खुल्ने भएका छन् । सेवाग्राहीको अत्यावश्यक सेवालाई ध्यानमा राखेर आलोपालो नगरपालिका तथा वडा कार्यालय खोल्ने बैठकले निर्णय गरेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com