Home बुलेट न्युज बलात्कार मुद्दामा पत्रकार केदार कोइराला उच्च अदालत पाटनबाट दोषी ठहर

बलात्कार मुद्दामा पत्रकार केदार कोइराला उच्च अदालत पाटनबाट दोषी ठहर

by ईलालटिन
0 comment

शोभा शर्मा
काठमाडौं । वैशाख १२उच्च अदालत पाटनले बलात्कार अभियोग लागेका पत्रकार केदार कोइरालालाई दोषी ठहर गरेको छ।

आइतबार न्यायाधीश अच्युत विष्ट र नवराज थपलियाको इजजलासले कोइरालालाई दोषी ठहर गरेको हो।

उनलाई कति सजाय गर्ने भन्ने निर्णय भने अर्को पेशीमा गरिने उच्च सरकारी वकिल कार्यालयका प्रमुख सूर्य दाहालले जानकारी दिए।

जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो। त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

सफाइ दिए पनि कोइरालाले पीडितलाई १० लाख क्षतिपूर्ति भराउने आदेश जिल्ला अदालतले दिएको थियो।

‘जिल्लाको फैसला बदर गर्दै कोइरालालाई उच्च अदालतले दोषी ठहर गरेको छ। सजाय निर्धारण अर्को पेशीमा हुन्छ,’ दाहालले भने।

मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने व्यवस्था गरेको छ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com