Home समाचार बिना मास्क हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङमा

बिना मास्क हिँड्दा दुईघण्टा कलंकी चोकको होल्डिङमा

by ईलालटिन
0 comment

काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ । बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सचेत गराइएको कलंकी महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ । समाचार तयार पार्दासम्म कलंकी चोकमा त्यसरी बिना मास्क हिँड्ने २१ जनालाई होल्डिङमा राखेर छाडिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com