Home समाचार बागमती प्रदेश सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको गलत तथ्याङ्क सार्वजनिक

बागमती प्रदेश सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको गलत तथ्याङ्क सार्वजनिक

by ईलालटिन
0 comment

मकवानपुर । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भरमा हालसम्म १० हजार ५ सय ६८ जनाको कोरोनाका कारण मृत्यु भएको भन्दै गलत तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयले आफ्नो वेबसाइटमा प्रदेशका सबै जिल्लामा गरी हालसम्म कोरोना संक्रमणका कारण १० हजार ५६८ जनाको मृत्यु भएको गलत तथ्याङ्क सार्वजनिक गरेको हो । मन्त्रालयले दैनिक रुपमा कोरोना संक्रमणको प्रतिवेदन सार्वजनिक गरी आफ्नो वेबसाइटमा समेत सार्वजनिक गर्ने गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क नै हेर्ने हो भने नेपालमा हालसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ३ हजार १६४ जना छ । मन्त्रालयले बागमती प्रदेशमा देशभर कोरोनाका कारण मृत्यु हुनेको तथ्याङ्कभन्दा तीन गुणा बढीको मृत्यु भएको गलत तथ्याङ्क सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशका १ लाख ६४ हजार ३ सय २६ जनामा कोरोना संक्रमण देखिएकोमा १ लाख ५४ हजार ९४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रदेशमा हाल ८ हजार ३१२ जना सकृय संक्रमित छन् । उनीहरुमध्ये ४३ जनाको भेन्टिलेटर, ८९ जनाको आइसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । संस्थागत आइसोलेशनमा ६०८ जना र होम आइसोलेशनमा ७ हजार ७०४ जना रहेको मन्त्रालयको तथ्याङ्क छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com