Home समाचार बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

बागमती प्रदेशमा कोरोना संक्रमणको दर बढ्दै

by ईलालटिन
0 comment

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नेपालमा पनि कोरोनाको संक्रमणको दर उच्च हुँदै गएको छ । संघीय राजधानी रहेको बागमती प्रदेशमा पनि कोरोना भाइरसको संक्रमण केही दिनदेखि तीव्र रुपमा वृद्धि भएको छ । बागमती प्रदेशमा हालसम्म १६ हजार ६ सय २० जनामा कोरोना संक्रमण देखिएको छ भने बिहिबारमात्र ६ हजार ७ सय ८ जनाको स्वाबको नमुना परिक्षण गर्दा १ हजार २ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमणबाट संक्रमित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्याङ्कका अनुसार काठमाडौंमा मात्र ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणबाट ललितपुरमा १ सय ६ जना भक्तपुरमा ८१ जनामा संक्रमित भएका छन् ।प्रदेशका अन्य १० जिल्लाहरुका सहरी क्षेत्रमा कोरोनाको प्रभाव उच्च देखिएको छ । मन्त्रालयको तथ्याङ्कका अनुसार बिहिबार रसुवामा कुनैपनि कोरोना संक्रमित फेला परेका छैनन् । कोरोना संक्रमणबाट नुवाकोटमा १२ जना, धादिङमा ३ जना, चितवनमा २२ जना, सिन्धुलीमा ८ जना, मकवानपुरमा ३० जना, रामेछापमा ५ जना, दोलखामा ३ जना, काभ्रेमा १७ जना र सिन्धुपाल्चोकमा ४ जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौंका ८० वर्षीय एक वृद्ध र भक्तपुरकी ६४ वर्षीया एक महिला रहेका छन् ।

चैत २१ गते कोरोना संक्रमण पुष्टि भएका काठमाडौंका वृद्धलाई उच्च रक्तचापको रोग रहेको थियो । संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका उनको मृत्यु भएको जनाइएको छ । बैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएकी भक्तपुरकी महिलामा उच्च रक्तचाप, मधुमेह र दमको रोगबाट पीडित रहेको मन्त्रालयले जनाएको छ । आफुमा कोरोना संक्रमण पुष्टि भए लगत्तै अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा मृत्यु भएको थियो । बागमती प्रदेशका २९ जना कोरोना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ६० जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत रहेका छन् ।  प्रदेशका विभिन्न अस्पतालले कुल १ सय ६० भेन्टिलेटर र ४ सय १५ आइसियू बेडहरु संचालनमा ल्याएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै ४ सय २२ जना कोरोना संक्रमितहरु संस्थागत आइसोलेशनमा रहेका छन् भने होम आइसोलेशनमा ५ हजार ३ सय ७ जना रहेका छन् ।
बिहिबार २ सय ६३ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com