कोरोनाबाट अब त्रसित हुने होइन, सुरक्षाका मापदण्डहरु पालना गरी दह्रो मनोबलका साथ दैनिक कामहरुलाई नियमित गर्नुपर्ने हुन्छ । विगतमा जस्तो सबैतिर ठप्प हुने अवस्था छैन । यस्तै, केही समय सर्वसाधारण लगानीकर्ता त्रसित हुँदा बजार सामान्य तल आए पनि फेरि नेप्सेले गति लिने विश्लेषणहरु भइरहेका छन् । किन भने यस्तो बेला अन्य क्षेत्रमा लगानीका अवसरहरु खुम्चिनेछन् ।
वित्तीय प्रणालीमा अधिक तरलताको अवस्थ हुनेछ । ब्याजदर पनि सस्तो छ । सूचीकृत कम्पनीहरुले औसतमा राम्रो नाफा कमाएको वित्तीय विवरणहरु सावर्जनिक गरिरहेका छन् । यी परिदृश्यहरुका आधारमा पनि बजारले अन्ततः गति लिने अनुमान गर्न सकिन्छ । गत वर्ष पनि बजारले केही समयमै बाउन्स ब्याक गरेको विषयलाई लगानीकर्ताले बिर्सिनु हुँदैन ।
भविष्यमा नाफा विस्तार गर्न सक्ने अवस्था, व्यवस्थापन तथा सञ्चालकहरुका बारेमा पनि ध्यान दिनुपर्छ । यसो हुन सकेमा प्रत्येक दिन हुने उतारचढावबाट खासै प्रताडित हुनुपर्दैन । नेप्से सूचक ३२.४१ अंकले घटेर २६३२.२१ विन्दुमा अडिएको छ । ५ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
१ करोड ३७ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । म्युअुल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेको छ । ४ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । २५ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा निफ्रा अग्रस्थानमा रहेको छ ।