Home बुलेट न्युज पर्वतमा कोरोना त्रास, कुस्मा नगरपालिकाको कार्यालय भोलिदेखि एक हप्ताका लागि बन्द

पर्वतमा कोरोना त्रास, कुस्मा नगरपालिकाको कार्यालय भोलिदेखि एक हप्ताका लागि बन्द

by ईलालटिन
0 comment

पर्वत । कोभिड १९ को नयाँ भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै कुस्मा नगरपालिकाका सम्पूर्ण सेवाहरू एक साताका लागि बन्द गरिने भएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भोलि बिहीबार देखी लागु हुने गरी वैशाख १५ गते बुधवारसम्म सबै सेवाहरू ठप्प रहने छन् ।

कार्यालय वाट सम्पादन हुने नियमित सेवाहरू योजना सम्झौता, योजना फरफारख, राजश्व सङ्कलन भुक्तानी लगायतका कार्यहरू बन्द गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले जानकारी दिए । उनका अनुसार अत्यावश्यक सेवाहरू जस्तै स्वास्थ्य, फोहोरमैला सङ्कलन, दमकल लगायतका सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने भएका छन् ।

एक साता नगरपालिका बन्द हुँदा सेवाग्राहीमा पर्ने असरप्रति क्षमा याचना गर्दै कोभिड १९ विरुद्ध संवेशनशिल बन्न कार्यालयले आग्रह गरेको छ । नगरपालिकाले वडा नं। ३ दुर्लुङ्गको चनौटे गाउँमा आयोजना गरेको सातौँ नगर सभा समेत स्थगित गरेको छ । पहिलो पटक कार्यालय बाहिर बिहीबार आयोजना गरिएको सभा सङ्क्रमणकै कारण स्थगित गरिएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए ।

यसैबिच जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै भिडभाड हुने सबै गतिविधि बन्द गर्न आग्रह गरेको छ । प्रहरीले मास्क लगाउने अभियानलाई प्रभावकारी बनाउन बजार क्षेत्रमा चेकजाँचलाई कडाइ गरिएको छ भने सवारी साधनहरूमा समेत आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com