काठमाडौं । भारतको हरिद्वारमा जारी कुम्भ मेलाका बीच निर्वाणी अखाडाका महामंडलेश्वर कपिल देवको बिहीबार कोरोना संक्रमणपछि मृत्यु भएको छ । कुम्भ मेलामा पूर्वराजा ज्ञानेन्द्र शाहसमेत सहभागी भएका थिए । कोरोनाको बढ्दो मामिलालाई मध्य नजर गर्दै अखाडा परिषद्को दोस्रो ठूलो निरंजनी अखाडाले १५ दिन अघि नै कुम्भ मेला सकिएको जानकारी गराएको छ ।निरंजनी अखाडाका सचिव रवीन्द्र पुरीले बिहीबार कुम्भको मुख्य शाही स्नान पूरा भएको जानकारी दिए । उनको अखाडाका साधु–सन्तहरुलाई कोरोनाभाइरस संक्रमणको लक्षणहरु देखिन थालेको छ । हरिद्वारमा हालसम्म ३० साधुलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । यो सरकारी आँकडा हो, तर संक्रमित साधुहरूको संख्या योभन्दा बढी भएको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले अलग–अलग अखाडामा गएर साधुको पीसीआर परीक्षण गरिने जनाएको छ ।
पूर्वराजा सहभागी कुम्भ मेलामा हालसम्म ३० साधु संक्रमित, एकको मृत्यु
157