Home समाचार ४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

४६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक युवक पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।  हुम्लाको सर्केगाड गाउँपालिकाका एक महिलालाई बलात्कार प्रयास गर्ने लेकाम गाउँपालिका–२ दार्चुला जिल्लाका २५ वर्षीय लोकेन्द्र साउदलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत २९ गते सर्केगाड–३ उनापानीगाउँ नजिकै स्याउला लिन गएकी ४६ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा साउदलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माले जानकारी दिए । “पीडित महिला घर नजिकैको जङ्गलमा स्याउला लिन गएको समयमा जबर्जस्ती गर्न खोजेको भन्दै २०७७ चैत ३० गते पीडितले नै जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि पक्राउ गरिएको हो”, प्रहरी प्रमुख शर्माले भने, “उनीविरुद्ध कानूनबमोजिम कारवाहीका लागि प्रक्रिया अघि बढ्छ ।स्याउला बोकेर घर फर्किँदै गरेकी पीडितलाई साउदले जबर्जस्ती गर्न खोजेपछि पीडित महिलाले ठूलो स्वरमा चिच्याएपछि मात्रै त्यस क्षेत्र आसपासमा रहेका अरु महिलाले थाहा पाएर बचाएको आफन्त माङ्ली फडेराले जानकारी दिए । आफन्त फडेराका अनुसार पीडितले ठूलो आवाजमा चिच्याउँदा साउदले झन् दाँतले गालामा टोकेको र अगाडिबाट ढुङगाले टाउको फुटाएर रगताम्मे बनाएको अवस्थामा आफूहरुले बचाएको फडेराले बताए ।

हाल आरोपित अनुसन्धानका लागि प्रहरीको हिरासतमा रहेको प्रनाउ शर्माले जानकारी दिए । पीडितविरुद्ध जबर्जस्ती करणी उद्योगमा बिहीबार मुद्दा दर्ता भएको छ । महिलाको चैत ३० गते सर्केगाडको साया स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण भएको सोही स्वास्थ्यचौकीका इन्चार्ज किरण बुढाथोकीले जानकारी दिए । सर्केगाडको साया स्वास्थ्यचौकीमा टाउकोमा तीन टाका लगाएकी पीडित महिलाको चैत ३१ गतेदेखि थप उपचार भइरहेको जिल्ला अस्पतालका डा अमित विष्टले जानकारी दिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com