Home समाचार प्रस्तावित निजामती संघीय ऐनको विरोधमा सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

प्रस्तावित निजामती संघीय ऐनको विरोधमा सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

by ईलालटिन
0 comment

काठमाडौं । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । बिहीबार राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीले विरोध प्रदर्शन गरेका हुन् । प्रस्तावित संघीय निजामती सेवा ऐनमा राखिएका प्रावधानहरूले कर्मचारीको वृद्धि विकासमा बाधा पुग्ने भन्दै त्यसलाई सच्याउन दवाव दिने उद्देश्यले प्रदर्शन गरेको कर्मचारीहरुले बताएका छन् । ‘ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने किसिमका छन् । यसैको विरोधस्वरुप सांकेतिक रुपमा कार्यालयको कामलाई बाधा नपर्नेगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छौँ, आन्दोलनमा उत्रिएका कर्मचारी प्रकाश भट्टराईले बताए । ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।  उक्त व्यवस्था गरिएको निजामति संघीय ऐन संसदको राज्य व्यवस्थाबाट पारित भई प्रतिवेदनसहित प्रतिनिधिसभामा पुगेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com