काठमाडौं । काठमाडौंको माकलवारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।बा. ७० प ८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिरहा घर भएका सोनाम मुखियाको मृत्यु भएको महानगरीय प्रहरी वृत बौद्धका डिएसपी नविन कार्कीले रातोपाटीलाई बताए ।बिहिबार बिहान पौने २ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भिर घाइते भएका मुखियालाई नेपाल मेडिकल कलेज, जोरपाटीमा लैजाँदै गर्दा मृत्यु भएको हो । मुखिया सिरहा भगवानपुर गाउँपालिका–१ का स्थानिय हुन् । उनको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । रातोपाटी ।
काठमाडौंको माकलवारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु
70
previous post