काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले आयोजना गरेको मासिक शान्ति काव्य प्रवाह ८८ औँ शृंखलामा कविता वाचन गर्दै स्रष्टाहरूले म्यानमारमा भइरहेको सैन्य दमनको विरोध गरेका छन् । रत्ननिधि रेग्मीले म्यानमारमा अत्याचार भइरहँदा पनि चीन र भारत किन मौन बसेको भन्दै कवितामार्फत प्रश्न गरे । कोभिड महामारीले १४ महिनासम्म स्थगित भएपछि चैत २६ गतेदेखि काठमाण्डौमा फेरि काव्य शृंखला सुरु भएको हो । शृंखलामा कविता वाचन गर्दै स्रस्टाहरुले बर्मेली जनताको जीवन रक्षा र शान्ति वहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिएका छन् । काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, साधना प्रतिक्षा, ऋचा, रत्ननिधि रेग्मी, प्रकाशमणी दाहाल, रत्नलक्ष्मी श्रेष्ठ, जसध्वज गुरुङ, प्रिति कौर, त्रिपुरा पौडेल, दुर्गा किरण तिवारी, विमला दाहाल, रुद्र अधिकारी, भुवन शिवाकोटी, मुकुन्द न्यौपाने, निर्मल पराजुली, शेरबहादुर अधिकारीसहित १८ जनाले कविता वाचन गरे ।
कविता वाचन गर्दै स्रष्टाहरूले गरे म्यानमार नरसंहारको विरोध
187
previous post