यिनी हुन् पर्वत कुस्मा नगरपालिका–११ शिल्मीका मनिलाल पौडेल । पेशाले शिक्षक हुन् । दिनभर विद्यालयमा समय बिताए पनि बाँकी समय चाहिँ बाँसबाट विभिन्न हस्तकलाका सामग्रीहरु निर्माण गरी विक्री गर्दै आएका छन् ।
उनले बाँसबाट कलम, टुथ पिन राख्ने बक्स, टिस्यु पेपर राख्ने बक्स, कलम दानी, फूलदानी, बाँस र नेपाली कागजबाट बनाइएको डायरी, चिया पिउने कप, सालको पातबाट बनाइएका टोपी र इस्टकोट लगायतका बस्तु बनाउँदै आएका छन् ।
स्थानीय उत्पादनको प्रर्वबद्धन र आफूलाई हौसला मिल्ने आशमा अतिथिहरूलाई बाँसबाट निर्माण गरिएका सामग्री मायाको चिनोका रूपमा प्रदान गर्छन् । उनले देशका प्रधानमन्त्रीदेखी धेरै नेताहरुलाई आफैले बनाएका सामाग्रिहरु हस्तान्तरण गर्दै आए पनि उनीहरुबाट खासै केही प्रतिक्रया नआउँदा भने मनिलालको मन साह्रै रुन्छ ।
केही समय अघि आफ्नै जिल्लाका नेता हुन् ठूलो मान्छे बनेका छन् उनीबाट केही हौसला मिल्ला भनेर राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसीनालाई बाँसबाट बनेको कलम उपहार दिए । मनिलालले सोचेका थिए उनीबाट केही प्रतिक्रिया आउला । तर त्यसो भएन । कलम लिए, हल्का मुसकुराए र आफ्नो बाटो लागे । तिम्लिसीनाको यस्तो ब्यवहारले आजसम्म पनि मनिलालको मन दुखि रहेको छ ।
आज हामी मनिलालले बाँसबाट निर्माण गरेका उत्पादनहरुलाई सबै माझ देखाउनुपर्छ भनेर उनको घरसम्म आईपुगेका छौँ । र केही वार्तालाप पनि गरेका छौँ ।