Home समाचार मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ९ जना पक्राउ

मूल्यवृद्धिको विरोधमा प्रदर्शन गर्ने ९ जना पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।   पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि खारेजको माग गर्दै नेपाली काँग्रेस (वीपी) ले गरेको प्रदर्शनका क्रममा ९ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । नेपाल आयल निगमको गेटमा शान्तिपूर्ण धर्ना बस्दा प्रहरीले पक्राउ गरेर पुलिस क्लब भृकुटीमण्डपमा राखेको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्यहरु श्यामबहादुर गुरुङ, प्रद्युम्न कार्की, दुर्गा घिमिरे सहित नेताहरु रोमन पुरि, सर्वजित शेरचन, विरबहादुर बम्जन, धना आचार्य , रुकुमणि श्रेष्ठ र सुशिलराज वाग्ले रहेका छन् । काँग्रेस बीपीले पक्राउ परेकाहरुको तत्काल रिहाइको माग गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com