Home समाचार भारतमा कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि, २४ घण्टामा १ लाखभन्दा बढी बिरामी भेटिए

भारतमा कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि, २४ घण्टामा १ लाखभन्दा बढी बिरामी भेटिए

by ईलालटिन
0 comment

काठमाडौं ।  भारतमा आइतबार कोरोना संक्रमितको रेकर्ड स्तरको वृद्धि भएको छ । यहाँ पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ९ सय ९४ नयाँ संक्रमित भेटिएका छन् । यो एकदिन भेटिएको सबैभन्दा उच्च संक्रमित हो । यसअघि १६ सेप्टेम्बरमा ९७,८६० नयाँ बिरामी भेटिएका थिए । पछिल्लो २४ घण्टामा ५२,८४० बिरामी ठिक भए भने ४७७ को मृत्यु भएको छ । सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा पनि सर्वाधिक ५०,४३८ को वृद्धि भएको छ । भारत संसारको एक्लो देश हो जहाँ पछिल्लो २४ घण्टामा १ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । हुन त भारत भरी यो महामारी भयावह भइरहेको छ तर महाराष्ट्रमा पूर्ण रुपमा अनियन्त्रित भइसकेको छ । महाराष्ट्रमा नयाँ संक्रमितको आँकडाले हरेक दिन नयाँ रेकर्ड छोइरहेको छ । आइतबार राज्यमा ५७,०७४ संक्रमित भेटिएका छन् । यस्तै फ्रान्समा आइतबार ६०,९२२ नयाँ संक्रमित भेटिएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com