पर्वत । जिल्लाको कुश्मा नगरपालिका कटुवाचौपारी ९ मा रहेको यस अल्पेश्वर गुफा अलौकीक रहेको छ । सदरमुकाम कुश्माबाट २० देखि ३० मिनेटको पैदल पश्चात पुग्न सकिने यस गुफा आश्चर्यसचकित तरिकाले प्रकृतिबाट सजिएको छ ।
२०६४ सालमा केही स्थानिय साहासिक युवाहरुको खोज्मा यस गुफा फेला परेको थियो । गुफा भित्र विभिन्न देवीदेउताहरुको प्रतिमा देख्न सकिन्छ । गुफा भित्र छिर्दै गर्दा आउने अप्ठ्यारो भनेको त्यहाँ रहेका छाँगाहरु हो ।
नयाँ मान्छेका लागि एक्लै गुफा छिर्न खोज्नु जोखिमपूर्ण हुनसक्छ । त्यसैले आज हामी अल्पेश्वर गुफा संरक्षण समिति तथा पर्यटकिय स्थलका अध्यक्ष सुरेश पिसी र त्यहाँका पुजारीको साथ लागेर गुफा भित्र प्रवेश ग¥र्यौ ।
