Home none ‘दिप्ती महतको हजार खुसीमा अमित’

‘दिप्ती महतको हजार खुसीमा अमित’

by ईलालटिन
0 comment

सचिन्द्र श्रेष्ठ । नेपाली सांगीतिक आकाशमा सम्भावना बोकेका यूएईलाई कार्यथलो बनाउदै आएका बिभिन्न संघ सस्थामा आबद्ध अमित सापकोटाको नया गीत ‘हजार खुसी’ सार्बजनिक भएको छ।

आधा दशक भन्दा लामो यूएईमा बिताएका सापकोटाको यो बिल्कुलै फरक गीत हो। मोडलिंङ तथा छोटा चलचित्रमा खेलेका अमितको यो पहिलो प्रयास म्यूजिक भिडियो हजार खुसी हो। अमित र दिप्ती महतको जोडीलाई यो भिडियोमा प्रेम भाव गरेको देख्न सकिन्छ ।

गायिका दीपा लामाको स्वरमा समाबेश आधुनिक गीत ” हजार खुसि” बोलको गीतमा नरेश भट्टराईको शब्द, हरि लम्सालको संगीत र बिशाल क्षत्रीको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो आज हाइलाइट्स नेपालको आधिकारिक यूट्यूब च्यानल बाट सार्वजनिक भएको छ।

जसको छायांकन यूएईको बिभिन्न सहरमा गरिएको छ। रोहित बिक्रम कार्कीको निर्देशन र छायांकनमा तयार भएको भिडियोमा कुशल बुचाले कोरियोग्राफी, मंजु र डायनाको मेकअप साथै पदम सूबेदीले सम्पादन गरेका छन।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com