Home समाचार मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु, ठक्कर दिने ट्रक चालक फरार

मुख्यमन्त्री राउतका पिएसओको सवारी दुर्घटनामा मृत्यु, ठक्कर दिने ट्रक चालक फरार

by ईलालटिन
0 comment

जनकपुरधाम ।  धनुषामा ट्रक र मोटरसाइकल ठोक्किँदा मुख्यमन्त्री कार्यालयमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।धनुषाको मिथिला नगरपालिका-१० लालगढस्थित मोडल अस्पतालनजिक शुक्रबार बिहान करिब साढे दुई बजेतिर एउटा ट्रकले प्रहरी सहायक निरीक्षक मदनजंग कापर सवार लु ५३ प ८५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए। डिएसपी मिश्रका अनुसार कापर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पिएसओको रूपमा कार्यरत थिए।‘असईसाब आफ्नो ड्युटी सकेर घर जाँदै हुनुहुन्थ्यो, त्यही बेला ट्रकले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो,’ डिएसपी मिश्रले सेतोपाटीसँग भने, ‘हामीले आज बिहान करिब साढे ४ बजेमात्रै यसबारे जानकारी पाएका हौं।’कापरको शव जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।उनलाई ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले फेला पार्न सकेको छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com