Home अर्थ/वाणिज्य सिंगटी हाइड्राेकाे आइपिओले ताेड्ला रेकर्ड ? अहिलेसम्म कति पर्याे आवेदन ?

सिंगटी हाइड्राेकाे आइपिओले ताेड्ला रेकर्ड ? अहिलेसम्म कति पर्याे आवेदन ?

by ईलालटिन
0 comment

काठमाडौं । सिंगटी हाइड्राेपावर लिमिट्रडकाे आइपिओमा हिजाे साँझ ५ बजेसम्म ८ लाख ७९ हजार ७१० जनाले १ करोड ३८ लाख ११ हजार ६४० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल २६ लाख ४० हजार कित्तालाई आधार मान्दा ५.२३ गुणा बढी आवेदन हो ।

सिंगटीले शुक्रबार (चैत ६ गते) बाट १०० रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ ।

बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा चैत १० गतेसम्म आवेदन दिन सकिनेछ ।

सिंगटी हाइड्रोको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com