सुर्खेत । चार कक्षामा पढ्ने बेलामा बेपत्ता भएका बालक युवा भएपछि स्वदेश फर्किएका छन् । कृष्ण कार्की नाम बताउने १९ वर्षीय युवक अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा बसिरहेका छन् । शिव माध्यमिक विद्यालय लाटीकोइलीमा कक्षा ४ मा पढ्ने बेला आफन्तले आफूलाई दिल्लीमा बेचेको उनको दावी छ । हाल लाटीकोइलीस्थित खगेन्द्र कार्कीका घरमा बसिरहेका कृष्ण अहिले बेवारिसे जस्तै बनेका छन् । उनका बुवा–आमा पत्ता नलाग्दा उनी बेवारिसे बनेका हुन् । प्रहरी र स्थानीयले उनका बाबु–आमा पत्ता लगाउन प्रयास गरेपनि हालसम्म नभेटिएका हुन् । कृष्णले बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की भएको बताउँदै आएका छन् । यस्तै उनका परिवारमा भाइ किशोर कार्की र बहिनी कल्पना कार्की पनि भएको बताएका छन् उनले आफ्नो परिचय दिने क्रममा मामाहरु केशव विष्ट, लामसिंह विष्ट भएको र एउटा मामा नेपाल आर्मीमा भएको बताएका छन् । उनले आफ्नो मामाघर दैलेखको पश्चिम क्षेत्रमा भएको बताउँछन् । ‘मामाको घर जाने बेला दैलेखको ठाँटीकाँध उता खोला तरेर उकालो जाँदा मन्दिर आउँछ’ कृष्णले भने, ‘मन्दिरको नजिकै मामाको पत्थरले छापेको घर छ ।’
१९ वर्षीय युवा घर खोज्दै सुर्खेत आइपुगेपछि
67
previous post