Home समाचार आजको संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने

आजको संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै लहरमा बस्ने

by ईलालटिन
0 comment

काठमाडौं । संसद सचिवालयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूलाई संसद बैठक कक्षमा छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउने भएको छ।प्रतिनिधि सभाको बैठक आज बस्दैछ।आयोगले मंगलबार नै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविकको अवस्थामा कायम भएको पत्र पठाएको थियो।’पत्र प्राप्त भैसकेको छ’, सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने, ‘हामीले त्यहीअनुसार सिट व्यवस्थापन गरिरहेका छौं।’सत्तापक्षका लागि संसदमा चार वटा लहर छुट्याइएको छ। एमाले र माओवादी केन्द्रका लागि छुट्टाछुट्टै लहरको व्यवस्थापन गरिएको पाण्डेले बताए।यसअघि प्रचण्ड, झलनाथ खनाल, माधव नेपालसँग सँगै बस्दै आएका थिए। अब पार्टीगत हिसाबले उनीहरूको सिट फरक फरक हुनेछ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com